पाप आयल निर्यात सुचारु

काठमाडौंभारतले आफ्ना आयातकर्तालाई नेपालबाट प्रशोधित पाम आयल आयात गर्न अनुमति दिएसँगै १ महीनादेखि रोकिएको भारततर्फको पाम आयल निर्यात सुचारु हुने भएको छ।

भारतको वैदेशिक व्यापार निर्देशनालयले भारतीय आयातकर्तालाई नेपालबाट पाम आयल ल्याउन अनुमति दिएको हो। यससँगै १ महीनादेखि रोकिएको प्रशोधित पाम आयलको भारत निकासी खुलेको छ।

भारतका आधा दर्जन व्यवसायीले आयातको अनुमति लिइसकेको वीरगञ्जको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिका सञ्चालक प्रभुदयाल अग्रवालले बताए। आयात अनुमति लिए पनि नेपालबाट अहिलेसम्म निकासी भने शुरू भएको छैन।

सीमावर्ती भारतीय रक्सौल भन्सारमा प्रक्रियागत कागजात पुर्‍याउन नसकिएकाले निकासी नभएको अग्रवालले बताए। सोमवारदेखि निर्यातको तयारी भएको एक उद्योगीले जानकारी दिए।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।