काठमाडौं।सरकारले सचिव महेश्वर न्यौपानेलाई गृह मन्त्रालय सरूवा गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव न्यौपानेलाई सरूवा गरी सोमबारको मन्त्रिपरिषद् बैठकले गृह सचिव बनाउने निर्णय गरेको हो।

निवर्तमान गृहसचिव प्रेम राईको अवकाशसँगै न्यौपाने गृह मन्त्रालयमा सरूवा भएका हुन्।

यसका साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सचिवमा प्रदेश नं. १ का प्रमुख सचिव सुरेशकुमार अधिकारीलाई पठाइएको छ।

सचिव अधिकारी अख्तियार तानिएसँगै सह सचिव दिनेश भट्टराई बढुवा भई प्रदेश नं. १ का प्रमुख सचिव भएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।