काठमाण्डौं। साझा पार्टी निकट सद्भाव समूह अष्ट्रेलियामा पनि गठन भएको छ। अष्ट्रेलियामा बसोवास गर्दै आएका भानुभक्त भुसालको संयोजकत्वमा १४ सदस्यीय ‘साझा सद्भाव समूह अष्ट्रेलिया’ गठन भएको हो।

नेपालको  घोराही,  दाङ स्थायी घर भएका भुसाल पेशाले माइक्रोबाइलोजिस्ट तथा सूचना प्राविधिक हुन्। नेपालबाट माइक्रोबायोलोजीको अध्ययन पश्चात भुसाल अहिले नेटवर्किङ तथा साइबर सेक्युरिटीमा स्नातकोत्तर गर्दैछन्।

समूहका अन्य सदस्यहरूमा आशिष भट्टराई, भोला गौतम, दीपक सिग्देल, दीपिका पोखरेल, दीपक पौडेल, गोपाल सुवेदी, केशव बानियाँ क्षेत्री, लोकेश भण्डारी,  महेश पराजुली, निरञ्जनराज रिजाल, प्रकाश आचार्य, प्रमोद अधिकारी, रोम न्यौपाने रहेका छन्। समूहको सल्लाहकारमा प्रदिप चापागाईं, ईश्वर कुइँकेल र उष्मा रेबेललाई चयन गरिएको छ।

साझाले यसअघि युरोप, एशिया, मध्यपूर्व, अमेरिकी क्षेत्र लगायतका एक दर्जन भन्दा बढि देशहरूमा सद्भाव समूह गठन गरिसकेको साझा सद्भाव समूहका अन्तर्राष्ट्रिय संयोजक डा. राजेन्द्र पङ्गेनीले बताए।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।