…त्यो दिनबाट ‘शुक्रराज’ शहीद भए!

काठमाडौं।एकतन्त्रीय जहानियाँ राणा शासनविरुद्ध हुँकार गर्दै फाँसीमा चढ्नुअघि शहीद शुक्रराज शास्त्रीको मुखबाट निस्किएका यी वाक्यले शहीदको गर्विलो गाथा प्रष्ट हुन्छ।

शास्त्रीसँगै जेलमा रहेका गोविन्दप्रसाद उपाध्यायले आफ्नो संस्मरणमा त्यो कहालीलाग्दो अन्तिम साँझबारे लेखेका छन्, “घरबाट ल्याएको दुधसँग रोटी खान शास्त्रीजी पकाउँदै थिए। तर, खानै नदिएर बाहिर लगे। ” जेलघरबाट बाहिर जाँदाजाँदै शास्त्रीले उपस्थित सबै भाइलाई भने, “नमस्ते! मर्नु सबैले पर्छ। तर, यसरी मर्न पाउँदा मेरो नाउँ अमर भयो।”

चकमन्न बाग्मती किनार। माघको कठ्याङ्ग्रिँदो चिसो। बाग्मतीमा डुबुल्की मारेर वेदका ऋचा वाचन गर्दै टेकुस्थित खरीको रूखमा टाँगिएको डोरीमा शुक्रराजले अन्तिम पटक पुलुक्क हेरे। १९९७ साल माघ १० गतेको राति प्रसन्नतापूर्वक फाँसी गलामा लगाउँदै शुक्रराज शास्त्रीले प्राण त्याग गरेका थिए।

छातीमा टाँगिएको थियो, “देशद्रोहीलाई यस्तै सजाय हुन्छ। ” काठमाडौं शहरका जनता तर्साउन माघ ११ गते दिनभर शुक्रराजलाई रूखमै झुन्ड्याइएको थियो। वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीसँग ९७ सालको त्यो घटनाका तस्वीर आज पनि उत्तिकै ताजा छ।

जोशी भन्छन्, “शुक्रराजलाई फाँसी दिएको हल्ला सुनेपछि दौडेर हेर्न पुगेको थिएँ। पचलीनिर मचलीमा खरीको सानो बोटमा झुन्ड्याइएको रहेछ। ” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।