उज्यालोको खोजी भन्दै घरमा आगो झोस्नेहरु,
गद्दारी गर्दै मातृभूमी माथि विदेशीलाई पोस्नेहरु।

देश भित्र संकट छिराई समृद्धिको भजन किन ?
पार्टी भन्दा माथी उठौं देशलाई पहिलो रोज्नेहरु।
विरोध गरे कोची दिन्छौं वाह ! तिम्रो लोकतन्त्र,
पछुताउन पर्छ एक दिन देशलाई विर्ता ठान्नेहरु।
लिलामी मै राखे यिनले – देशको अस्तित्वलाई,
हिम्मत गरौं जुटौं सारा – देशलाई माया गर्नेहरु।
समाजवादी यात्रामा ‘आमा’ सुरक्षित हुन्नन भने,
ठोक्नु पर्छ बाउलाई पनि उठ ! आमा खोज्नेहरु ।।
यो भिडियो पनि हेर्नुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।