एउटै जिल्लामा ५८ करोडको सुन्तला उत्पादन

काठमाडौं।सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको स्याङ्जामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ।

सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित त्यहाँ गत आर्थिक वर्षभन्दा ११ करोड १७ लाख १० हजार ९७६ रुपियाँको मात्र सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख शालिकराम अधिकारीले बताए।

यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको हो। त्यहाँ एक हजार ९९० हेक्टरमा सुन्तला बगैंचा छन्। यद्यपि सुन्तला उत्पादन भने एक हजार १९४ हेक्टर क्षेत्रफलमा १२ हजार ८० मेट सुन्तला उत्पादन भएको केन्द्रले छ।

गत आर्थिक वर्षभन्दा कम सुन्तला उत्पादन भए पनि गत वर्ष यो वर्षको भन्दा बढी मूल्य किसानले पाउन सफल भएका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।