काठमाडौं।विराटनगरस्थित एक मदरसामा अध्ययनरत दुई छात्रा यौन दुर्व्यवहारको शिकार बनेका छन्।

उनीहरु आफूलाई अध्ययन गराउँदै आएका मदरसाका मोलबीबाट दुर्व्यवहारको शिकार भएको बताएका हुन्।

विराटनगर–८ अशोकचोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्रा यौन दुर्व्यवहारको शिकार भएका हुन्।

सो मदरसाका प्रधानाध्यापकसमेत रहेका मेलवी अमिरुद्दिनले माघ ७ गते र माघ ८ गते गरी मदरसामा अध्यनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरुद्दिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुर्व्यवहार गरेको पीडित छात्राको भनाइ छ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।