काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको सभामुखको लागि अग्नी प्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार ४ बजे बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन्।

सचिवालय बैठकअघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहान भएको छलफलमा सांसद अग्नी प्रसाद सापकोटालाई उम्मेदवार बनाउने सहमति भएको थियो।

दुई अध्यक्षबीच भएको सहमति अनुमोदनका लागि सचिवालयको बैठक बोलाइएको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।