मुगु। लगातारको हिमपातका कारण रारा छायाँनाथ नगरपालिकाको जनजीवन कष्टकर बनेको छ। हिमपातकै कारण राराताल छेउको मुर्माका बालबालिकाहरू घरबाट बाहिर निस्किन सकेका छैनन्।

बाक्लो हिउँका कारण जङ्गल क्षेत्रमा जनावरहरू मृत अवस्थामा फेला परेको स्थानीयहरु बताउँछन्। अत्यधिक चिसोकै कारण घरपालुवा पशु समेत बिरामी पर्ने र मर्ने क्रम बढ्दो छ। हिमपातकै कारण बिरामी भएका घोडाको सदरमुकाम गमगढी सम्म पुगेर उपचार गराउन असम्भव रहेको मुर्माका आइते रोकायाले गुनासो गरे।

चिसोमा पानी जमेका कारण रारा तालका माछाहरू मर्ने क्रम बढेको स्थानीयहरु बताउँछन्। चिसो बढेकै कारण रारा छायाँनाथमा स्वास्थ्य सेवा प्रदान गरिरहेको हेल्प नेपाल हेल्थ पोस्टको घरदैलो क्लिनिक समेत अन्योलमा परेको राराबाट हाम्रा सहयोगी चक्रबहादुर रोकायाले जानकारी दिए। यो भिडियो हेर्नुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।