शुभलक्ष्मीको शिक्षा शिविर सम्पन्न

सुर्खेत। शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शिक्षा शिविर कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको वार्षिक कार्ययोजना अनुसार शनिवार वीरेन्द्रनगरको धुलियाबिटमा शेयर सदस्यहरुमा समुह निर्माण एवं शिक्षा शिविर सम्पन्न गरिएको हो।

कार्यक्रममा संस्थाका सचिव दुर्गा शाक्यले संस्थाको पृष्ठभूमी, संगठनात्मक स्वरुप, गतिविधि र वार्षिक कार्ययोजना सम्बन्धि विषय शीर्षक सहजीकरण गरिन।

संस्थाकी प्रबन्धक तुलसी रेग्मी ढकालले आर्थिक गतिविधि र बचत तथा ऋण लगानी, असुली पक्रिया सम्बन्धि शीर्षकमा  सहजीकरण गरिन।

कार्यक्रममा समूह संयोजक नन्दा बि.कको संयोजकत्वमा ५ सदस्यीय समूह समिति निर्माण गरिएको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष उत्तम प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो।यो भिडियो हेर्नुहोस्।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।