काठमाडौं।नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।

उपसभामुखको राजीनामा र नयाँ सभामुख चयनबारे सहमति गर्न छलफल भइरहेको हो। विगत १ महिना यता सभामुख चयनको विषयमा सत्तारुढ दलभित्रै मतभेद भएपछि प्रतिनिधिसभाको बैठक स्थगित भइरहेको छ।

उपसभामुख तुम्बाहाङ्फेले गत २७ पुषमा बस्ने भनिएको बैठक नेकपामा सभामुखलाई लिएर सहमति नभएपछि स्थगन गरी माघ ७ गते सोमबार दिउँसो १ बजेका लागि बोलाएकी छिन् ।

बिहीबार र शुक्रबार लगातार छलफल गरेका अध्यक्षद्वयबीच छिट्टै सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्ने सम्भावना देखिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।