काठमाडौं।मकवानपुरको हेटौंडामा २५ वर्षीया युवतीको शव फेला परेको छ।

हेटौंडा १८ दियावतीकी २५ वर्षीया मीना अधिकारीको शव आइतबार बिहान घर नजिकै एक्लेखेतमा फेला परेको हो।

उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। ‘घटनास्थलमा रगत देखिएकाले उनको हत्या भएको आशंका छ,’ प्रहरी निरीक्षक लगनप्रसाद कुर्मीले भने।

मृतककी श्रीमानलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।