तस्बिरः भोजपुरका सञ्चारकर्मी राजन समिपको फेसबुकबाट लिईएको हो।

भोजपुर। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोध गर्ने विरुद्ध सरकार आक्रामक बनेको छ। एमसिसीको विरोध गरेको भन्दै भोजपुरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

एमसिसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउरालीका भीम इशारा राईलाई प्रहरीले पक्राउ गरेको हो। राईलाई बिहीबार राति उनलाई देउरालीस्थित आफ्नो घरमै सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। स्थानीयका अनुसार राईले देउराली चोकमा नो एमसिसी लेखिएको ब्यानर नै टाँगेका थिए।

उनले सामाजिक सञ्जालमा पनि एमसिसीको विरोध जनाइरहेका बेला पक्राउ परेका हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।