काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय राजनीतिमा जटिलता देखिएको बताएका छन् । उनले राजनीतिक जटिलता के हो भन्नेबारे भने स्पष्ट खुलाएनन् ।

मंगलबार चितवनको माडी पुगेका प्रचण्डले राजनीतिक जटिलता चिर्न लगातार छलफल आवश्यक परेको पनि बताएका छन् ।

प्रचण्डले भने ‘साथीहरूले यस्तो बेला बाहिर नजान भनेका थिए ।’ उनले थपे ‘म दुई घण्टाका लागि मात्रै माडी आएको हुँ ।’

सभामुखमा उम्मेदवारी दिने निर्णय नेकपा सचिवालय बैठकले गरे पनि उम्मेदवार चयनको बिषय थप पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच कुरा नमिल्दा उम्मेदवार चयनमा समस्या देखिएको हो ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।