काठमाडौं । सीमा बचाऔँ अभियानले अतिक्रमित मूमि कालापानी, लिम्पियाधुरा र सुस्ता समेत समेटेर नेपालको नक्शा सार्वजनिक गरेको छ । भारतले राजनीतिक नक्सा सार्वजनिक गर्दा नेपालका यी भूभागलाई समेत समेटेपछि नेपालमा यसको तिब्र विरोध भइरहेको छ ।

राजधानीमा आज (मंगलबार) पत्रकार सम्मेलन गरी भारतबाट अतिक्रमित भूमि समावेश गरी नक्शा सार्वजनिक गरिएको हो । नक्शा सार्वजनिक गर्दै अभियानका संयोजक भैरव रिसालले वर्तमान सरकारले आफ्नै देशको भूभाग समेटेर नक्शा सार्वजनिक गर्न अलमल गरिरहेको भन्दै सरकारलाई जनस्तरबाट व्यापक दबाबको आवश्कता रहेको बताए ।

अभियानका सदस्य प्राध्यापक नरेन्द्र खनालले सरकारले माग पुरा नगरे देशव्यापी आन्दोलनमा जाने बताए । यस्तै पूर्वसचिव द्वारिका ढुंगेलले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नक्शा हस्तान्तरण गरी समस्या समाधान गर्न कूटनीतिक पहललाई गति दिन अनुरोध गर्ने बताएका छन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।