ठेक्का प्रक्रिया टुगिंएनः साढे तीन अर्बको आयोजना अलपत्र

काठमाडौं।क्षेत्रीय शहरी विकास कार्यक्रमले ठेक्का स्वीकृत गर्न नसक्दा सुदूरपश्चिमको अर्बौंको अत्याधुनिक सडक निर्माण कार्यक्रम अलपत्र परेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालय र क्षेत्रीय शहरी विकास कार्यक्रमको ऋण दाता एसियाली विकास बैंकबीच कालोसूचीको प्रक्रियामा रहेको रमण–पप्पु जेभीलाई ठेक्का प्रक्रियामा रहेको रमण–पप्पु जेभीलाई ठेक्का दिने प्रक्रिया अन्यौलमा परेको हो।

ठेक्का लिएर वर्षौंदेखि काम नगरेको भन्दै हुलाकी सडक आयोजनाले रमण–पप्पु जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो। सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभीलाई कालोसूचीमा राखेपछि सुदूरपश्चिमका चार नगरपालिकामा सडक विस्तारका योजना अगाडि बढ्ने आश गरिएको छ।

यो समाचार आजको कारोबार दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।