यी हुन, सभामुख बन्नका लागि शिवमायाले पेश गरेका योग्यताका १२ बुँदा

काठमाडौं।उपसभामुख शिवमाया तुम्बाहाम्फेले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आफ्नो १२ बुँदे योग्यता सूची पेश गरेकी छिन्।

उनले शुक्रबार(हिजो)प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा नेकपा अध्यक्षद्वयसँग भएको भेटमा आफ्नो १२ बुँदे योग्यता सूची पेश गरेकी हुन्।

स्रोतका अनुसार उनले प्रचण्डसहित नेकपा सचिवालयका ५ जना नेताको भैंसेपाटी बैठक, प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक देव गुरुङका अभिव्यक्ति र कृष्णबहादुर महराले गरेको गल्तीको सजाय आफूलाई दिन खोजिएको भन्दै आक्रोश पोखिन्।

शिवमायाका १२ बुँदे योग्यताः

तुम्बाहाम्फेले आफू सभामुख हुन के कति कारणले योग्य भनेर एक दर्जन बुँदासमेत सविस्तार सुनाइन्।

म के कति कारणले सभामुख बन्न अयोग्य भन्दै उनले इतिहासदेखिकै आफ्नो भूमिका र संलग्नताका क्षेत्रबारे १२ वटा बुँदा पेश गरेको स्रोतले जनाएको छ ।

१, २०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी
२, अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष
३, युवा संघको केन्द्रीय जिम्मेवारी
४, अखिल नेपाल महिला संघको नेतृत्व गरेको
५, नेपालमा महिला आन्दोलन विषयमा पिएचडी
६, प्राज्ञिक र लेखन कार्यमा संलग्न
७, कानुन पढेको
८, विश्वविद्यालयमा अध्यापन गराएको
९, अभ्यासरत वकिल
१०, तत्कालीन एमालेको निर्वाचित केन्द्रीय सदस्य
११, अनुसन्धानकर्ता [प्राज्ञिक]
१२, बहालवाला उपसभामुख

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।