सरकारी अस्पतालमा शैया पाउनै मुस्किलः नीजिमा जानुपर्ने बाध्यता

काठमाडौं।सरकारी अस्पतालमा पर्याप्त शैया नहुँदा भर्ना हुनुपर्ने कतिपय बिरामी नीजि अस्पतालमा जान बाध्य हुने गरेको पाइएको छ।

कतिपय अस्पतालमा शैया अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन्। मुख्यतः आइसीयूको शैयाको अभाव खड्किने गरेको छ। अस्पतालहरुले समेत बिरामीमैत्री वातावरण सिर्जना नगर्दा बिरामीहरु अलमलमा पर्दै नीजि अस्पतालमा धाउन बाध्य हुने गरेको पाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर दुई सय २१ अस्पताल र १६ केन्द्रीय अस्पताल छन्। अहिले देशभरका सरकारी अस्पतालको शैयाको संख्या ६ हजार बढी रहेको छ।

अस्पतालहरुले आफूले प्रदान गर्ने सेवाको शुल्कसम्बन्धी मापदण्ड निर्धारण गरेका छैनन् भने केन्द्रीय अस्पतालले शैया शुल्क समेत लिने गरेको पाइएको छ। केही अस्पतालमा शैया पाउन सोर्स समेत लगाउनुपर्ने बाध्यता छ।

यो समाचार आजको राजधानी दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।