भ्रष्टहरूको रजगज

न त मैले मेरो पीडा दुनियाँलाई भनेँ,
न त दुनियाँले मेरो पीडा देख्यो।
देख्यो त मात्र मेरो बनावटी हाँसो।
देखेनन्,
सय कडा तिनमा भिरेको
साहुको ऋणको गलपासो।
तै पनि म बाँचेकै छु
किन कि म यो देशको
गरिब जनता हो।
बैकको ऋणले थिचे पनि
उधारो माग्नेहरूको साहुजी हो।

मेरो पीडा त बैङ्क अनि
साहुले नबुझेको कहाँ हो र ?
तर बुझ पचाइदिन्छन्।
एकैदिन किस्ता तिर्ने नसक्दा,
लिलामी लगाउने धम्की दिन्छन्।
बैङ्कबाट ऋण लिएर,
म सरकारलाई कर तिर्छु।
त्यही ऋणले,
भ्रष्ट नेता र कर्मचारी पाल्छु।
किन कि म पाइलै पिच्छे,
कर तिर्नुपर्ने व्यापारी हो।
आफ्नै घर खेत लिलामी राखेर
सरकार पाल्ने दासी हुँ।

हरेक कार्यालयमा सेतो हात्ती
किन पाल्छ सरकार?
टेबलमुनिबाट चढाईएन भने
हाकिमसाबसँगको सम्बन्ध दरार।
लगानी गरि उद्यम गर्यो,
तिनै नेताका झोले डनलाई,
हप्ता तिर्दै ठिक्क हुन्छ।
सिधा र सोझो अर्थमा
सरकारी काम केही हुँदैन।
घुस टकार्नै पर्दा मन दिक्क हुन्छ।
पहिला हुनै नसक्ने काम
गोजी भरिदिए पछि
फटाफट हुन्छ,
कृषक, व्यापारी र उद्योगीहरू
कर्मचारी र नेताको दुहुनो गाई हो।
दानापानी नगरिकनै दुहिरहन्छन्।
जनताहरू घरखेत उठिवास लागि
आत्मदाह गरिरहन्छन्।
किन कि मेरो देशमा भष्ट्रहरुको
रजगज मच्चिरहेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।