काठमाण्डौं। सरकारका सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रदेश नं. ३ को नाम र राजधानीका सम्बन्धमा सरकारले कुनै हस्तक्षेप नगरेको बताएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा जवाफ दिदैँ मन्त्री बाँस्कोटाले भने, ‘पार्टीले त के के गर्छ गर्छ।’

प्रदेशको नामाकरण र राजधानी सम्बन्धी कानुन आफूलाई थाहा नभएको पनि उनले बताए।

पौष २१ गते बसेको मन्त्री परिषदको बैठकका निर्णयहरू सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले हेलो नेपाल, स्मार्ट टेलिकम र वेब सर्फर कम्यूनिकेशनको लाइसेन्स खारेज गर्ने दुरसञ्चार प्राधिकरणको निर्णय सरकारले खारेज गरेको बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।