१८० यात्रु बोकेको जहाज दुर्घटना

काठमाण्डौं। इरानको राजधानी तेहरानमा १ सय ८० यात्रु बोकेको जहाज दुर्घटनामा परेको छ। युक्रेनीको बोइङ ७३७ जहाज तेहरानको खामोनी विमानस्थल नजिकै दुर्घटनामा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

जहाजमा १२ जना चालक दलका सदस्यहरू रहेका थिए। इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै  प्राविधिक समस्या आएपछि जहाज दुर्घटनामा परेको हो।

दुर्घटनाको विस्तृत विवरण आइसकेको छैन।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।