मध्यपूर्वमा तनाव बढ्योः इरानद्वारा अमेरिकी सैन्य अखडामा आक्रमण

काठमाडौं। अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ। इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले दर्जनौँ ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो।

अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि आक्रोशित बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जनौँ ब्यालेस्टिक मिसाइल आक्रमण गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकाले आफ्ना दुई सैन्य अखडामा इरानबाट मिसाइल आक्रमण भएको पुष्टि गरेको छ। सुलेमानीको हत्याको बदला लिन यो आक्रमण गरिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका सैन्य प्रमुख कासिम सुलेमानी मारिएपछि आफ्ना सैन्य कमान्डरको हत्याको बदला लिने घोषणा गरेको इरानले अमेरिकी सेनाको हवाई अड्डामा आक्रमण गरेसँगै मध्यपूर्वमा तनाव बढेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।