काठमाण्डौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले गर्नुपर्ने थुप्रै काम बाँकी रहेको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित अन्नपूर्ण काठमाडौँ समाजको साधारण सभामा बोल्दै दाहालले देशका लागि र आफ्नो जन्मस्थल कास्कीका लागि थुप्रै काम गर्नेबारे सोचे पनि गर्न नसकेको बताए।

दाहालले दुई पटक देशको शासन सत्ता सम्हाल्ने मौका प्राप्त गरे पनि थुप्रै काम गर्न अझै बाँकी रहेको आफूलाई अनुभूति हुन थालेको बताए। देशको लागि आफूले गर्नुपर्ने अझ धेरै बाँकी रहेको भन्दै दाहालले आफ्नो बाँकी जीवन विकास निर्माण र समृद्धिको निम्ति केन्द्रीत गर्ने बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।