भवन आगलागीमा ६ जनाको मृत्यु

चोङ्गकिङ। चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा परी कम्तीमा ६ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। चोङ्गकिङको फुलिङ जिल्लमा रहेको उक्त भवनमा स्थानीय समयानुसार सोमबार बिहान ७ ः५५ मा आगलागी शुरु भएको सो जिल्लामा रहेको सार्वजनिक विभागले जानकारी दिएको छ।

आगलागीको कारण अनुसन्धारत रहेको जनाइएको छ। यस आगलागीमा परी के कति व्यक्ति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।