काठमाडौं । कुनै समय नेपाली फिल्ममा अब्बल अभिनय गर्ने अभिनेताको परिचय बनाएका राजबल्लभ कोइराला पिता बन्ने भएका छन्। उनले सामाजिक सञ्जालमा श्रीमतीको ‘बेबी बम्प’ सहितको केही तस्विर सार्वजनिक गरेका छन्।

राजबल्लभले २ वर्ष अगाडि प्रतिमा विमलीसँग लगनगाँठो कसेका थिए ।

हलिउड फिल्म ‘हाइवे टु धुम्पुस’ को कामका लागि भन्दै अमेरिका पुगेका कोइराला अमेरिकामै बसोवास गर्दै आईरहेका छन्। उनले ‘६ एकान ६’ पछि कुनैपनि नेपाली फिल्ममा अभिनय गरेका छैनन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।