काठमाडौं।एक सय यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त बनेको अधिकारीहरुले बताएका छन्।

बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको उनीहरुको भनाई छ।
उद्धारकर्ताहरु यतिबेला दुर्घटनास्थल पुगेका छन्। उनीहरुले सात जनाको मृत्यु भएको पुष्टि गरेका छन्। केहीको भने जीवितै उद्धार पनि गरिएको बताइएको छ।
Kazakhstan plane crash: Bek Air plane goes down near Almaty airport; multiple fatalities reported
विमान कजाकिस्तानको सबैभन्दा ठूलो शहर अल्माटीबाट देशको राजधानी नुरसुल्तानका लागि जाँदै थियो। विमानस्थलले विमानमा ९५ यात्रु र ५ चालक दलका सदस्य रहेको बताएको छ।
विमान स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा दुर्घटना ग्रस्त बनेको थियो। दुर्घटनअघि विमान दुई तले भवनमा ठोक्किँदै खसेको थियो।
दुर्घटनापछि विमानमा आगो भने नलागेको बताइएको छ।