बाजुराका दुई गाउँपालिकामा हालसम्म बैङ्क पुगेनन् 

मार्तडी। बाजुराका नौ स्थानीय तहमध्ये पूर्वी उत्तरी भेगमा रहेका स्वामिकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैङ्क स्थापना  हुन सकेको छैन। जनप्रतिनिधि आएको अढाइ वर्ष बितिसक्दा समेत बैङ्क स्थापना नहुँदा  स्थानीयवासी समस्यामा परेका छन्।

जगन्नाथ गाउँपालिकाका अर्जुन विष्टले बैङ्किङ कारोबार गर्न पैदल हिँडेर बूढीनन्दा नगरपालिका जानुपर्ने बाध्यता रहेको  दुखेसो गरे। स्वामिकार्तिक गाउँपालिकाको केन्द्र पिलुचौरमा समेत बैङ्क छैन। पालिकामा बैङ्क नहुँदा स्थानीयले बूढीनन्दा नगरपालिका धाउँदै आएका छन्। दुई वटै गाउँपालिकामा बैङ्क नभएपछि सोही नगरपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैङ्कमा कारोबार गर्न धाउनुपर्ने बाध्यता रहेको छ। गाउँपालिकामा बैङ्क स्थापना गरी सञ्चालनमा ल्याउन गाउँपालिकाले पहल गर्दै आएको बताएको छ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।