काठमाडौं।सरकारले प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको छ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको हो।

प्रदेश नं. १ का प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआइजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आइजीपी बनाएको हो।

हालका आइजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकास पाउने भएपछि उनको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो।

ज्ञवाली २०७५ असोजमा एसएसपीबाट डीआइजी र २०७३ असारमा एसपीबाट एसएसपीमा बढुवा भएका थिए। आइजीपीमा बढुवा गर्नका लागि कोही एआईजी नभएका कारण यसपटक पनि सिधै डीआइजीबाट बढुवा गरिएको हो।

आइजीपी खनालसँगै तीन एआइजी पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यातसँगै १८ डीआइजीले मंगलबारबाटै अवकास पाउँदै छन्।

आइजीपी खनालको आजै प्रहरी प्रधान कार्यालयमा बिदाई कार्यक्रम राखिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here