समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी (भिडियो सहित)

काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर टर्मिनल भवनमा रहेको कफीसपमा आगलागी भएको छ।

विद्युत सर्ट हुँदा आगलागी भएको विमानस्थलले जनाएको छ। विमानस्थल प्रमुख देवेन्द्र केसीका अनुसार सोमबार राति लागेको आगो नियन्त्रण प्रयास भइरहेको छ।

अध्यागमन नाघेपछि यात्रुहरू बस्ने ठाउँमा आगलागी भएको उनले जानकारी दिए। यसबाट कुनै मानवीय क्षति भएको छैन।

भिडियोः दिपेन्द्र। ट्वीटर 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here