समाचार

एकैपटक पाँच सचिव पद रिक्त भएपछि सरकारले थाल्यो नयाँ सचिव बढुवा प्रक्रिया

काठमाडौं।निजामती सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ।

रकारले एक साताभित्रै रिक्त पदमा नयाँ सचिव ल्याउनेगरी गृहकार्य अगाडि बढाएको छ। निजामती सेवा ऐनअनुसार रिक्त एक सचिव पदका लागि तीन जनाको सिफारिस हुने प्रावधान छ।

सरकारले रिक्त सचिव पदमा पालैपालो सहसचिवलाई बढुवा गर्ने तयारी गरेको हो। पछिल्ला वर्षमा ज्येष्ठताका आधारमा नै सचिव बढुवा हुने परम्परा बस्दै आएको छ। सिफारिसमा एक नम्बरमा पर्ने सहसचिव नै स्वतः सचिव हुने भएकाले सचिव बन्न दौडधूप गर्ने पद्धति भने बन्द भएको छ।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सचिव बढुवा सिफारिस समितिले सचिव रिक्त हुनासाथ पालैपालो बढुवा गर्ने पद्धतिको विकास गर्दै आएकाले बढुवा प्रक्रिया विवादरहित हुँदै आएको छ।

गृहसचिव प्रेमकुमार राई, अर्थसचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य र नेपाल ट्रष्टका गजेन्द्र ठाकुर भर्खरै मात्रै सेवा निवृत्त भएपछि सचिव पद रिक्त भएको हो।

यसैगरी, कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले पनि पदावधि सकिनुअगावै राजीनामा दिएका छन्। यो समाचार आजको राजधानी दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here