काठमाडौं। ललिता निवासको जग्गा धितोमा राखेर ऋण लिएका जग्गाधनीसमेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएसँगै बैंकहरुको अर्बौं लगानी जोखिममा परेको छ।

अनधिकृत खरिद विक्री गरिएको ललिता निवासको १ सय १४ रोपनी जग्गामध्ये केही जग्गाधनीहरुले सोही जग्गा धितोमा राखेर अर्बौं ऋण लिएका थिए। जग्गा जफत हुने अवस्था र दोषीलाई कारबाहीको समेत माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा चलाएपछि यस्तो जोखिम देखिएको हो।

अख्तियार स्रोतका अनुसार बैंकहरुले ललितानिवासमा करिब ३ अर्ब रुपियाँ लगानी गरेको खुल्न आएको छ। अख्तियारले विवादित क्षेत्रको जग्गा धितो राखेर व्यक्ति विशेषको नामबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपियाँभन्दा बढीको धितो पारित भई विभिन्न बैंक तथा वित्तिय संस्थाबाट कर्जा प्रवाह भएको देखिएको जनाएको छ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here