पोखरा। नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिलेमा कोरोना सङ्क्रमित नदेखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन्। तेस्रो विश्व शान्ति–२०७६ का अवसरमा  कास्कीमा बुधबार सम्बोधन गर्दै उनले कोरोना भाइरसको औषधि पत्ता लगाउन चीनले प्रयास गरिरहेकाले छिट्टै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे।

दाहालले नेपालमा कोरोना भाइरस सङ्क्रमित एकजना हो कि भन्ने आशङ्का गरिए पनि होइन भनेर अस्पतालबाट डिस्चार्ज भएर गइसकेको बताए। स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म सङ्क्रमित फेला नपरेको प्रमाणित रूपले भनिसकेका कारण कोरोनाबाट नेपालमा आत्तिनुपर्ने अवस्था नभएको उनले बताए।

चीनमा रहेका नेपाली विद्यार्थी उद्धार गरेर ल्याउन सरकारले पहलकदमी लिई नै सकेको जानकारी दिदैँ प्रचण्डले कोरोना भाइरस चीन र अन्यत्र पनि छिट्टै नियन्त्रण हुने विश्वास व्यक्त गरे।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here