पोखरा। बुद्ध एयरले पोखरा–विराटनगर सिधा उडान सुरु गरेको छ। बुद्धले सोमबारबाट पोखरा विराटनगर सिधा उडान शुरु गरेको हो।

बुद्धको पोखरा विराटनगर उडान भने सातामा तीनदिन मात्र हुने बुद्ध एयरलाइन्स पोखराका स्टेसन म्यानेजर गौतम बरालले बताए।

सोमबार बिहान ११ः४५ बजे १८ जना यात्रुसहित बुद्धको विमान पोखराबाट विराटनगर तर्फ उडेको थियो।

पोखरा विराटनगर उडान अवधि भने ६० मिनेटको हुनेछ।

बुद्धले यसअघि पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुर सिधा हवाई सेवा पनि दिँदै आएको छ।

पोखरा विराटनगर हवाई भाडा अहिले नेपाली र भारतीयलाई छ हजार दुई सय रुपैयाँ तोकिएको बुद्ध एयरले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here