काठमाडौं। चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनीलाई पितृशोक परेको छ। गायक पंगेनीका पिता बोधराज पंगेनीको ७०बर्षको उमेरमा निधन भएको छ।

बद्रीका पिता बोधराज लामो समय देखी दम रोग बाट पिडीत थिए। उनको उपचारका क्रममा काठमाडौंको ग्रिनसिटी अस्पतालमा निधन भएको हो।

गायक पंगेनीका पिता बोधराजको दाहसंस्कारका लागि पाल्पाको रामपुर लागिएको जनाइएको छ। बोधराजका दुई छोरा र एक छोरी छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here