समाचार

कोरोना भाइरस : विश्व स्वास्थ्य संगठनद्वारा ‘विश्वव्यापी आपतकाल’ घोषणा

काठमाडौं।चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ।

चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो।

‘यो घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन कि अन्य देशमा के भइरहेको छ भन्ने हो।’ विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणाबारे डब्लूएचओका प्रमुख टेड्रोस एड्हानोमले भने ।

बिभिन्न भाइरसका संक्रमणले विश्वव्यापी संकट निम्ताएपछि डम्बलुएचओले आपतकाल घोषणा गर्ने गरेको हो। यसअघि पाँच पटकसम्म आपतकाल घोषणा गरिसकिएको बीबीसीले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकमा कोरोना भाइरस फैलनसक्ने त्रास रहेको भन्दै चिन्ता व्यक्त गरेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसका कारण चीनमा हालसम्म कम्तीमा २१३ जनाको ज्यान गइसकेको छ।

चीनसहित विश्वका अन्य १८ देशमा पनि यसका बिरामी भेटिएका छन्। चीनको वुहान सहरको यात्रा गर्नेहरुमा यो भाइरस फेला परेको छ। यद्यपि, चीनबाहिर ९८ जनामा यस्तो संक्रमण भेटिए पनि मृत्यु भने भएको छैन।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here