काठमाडौं।
गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङे पक्राउ परेका छन्। गुण्डा नाइके भनेर समेत चिनिने मनाङेलाई कास्की प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई उनले मङ्गलबार मुक्का हानेका थिए। मिलनकै उजुरीमा अनुसन्धान गर्नका लागि मनाङेलाई पक्राउ गरिएको कास्कीका डीएसपी राजकुमार केसीले बताए। खेलाडीको विषयलाई लिएर उनले मिलनलाई कुटेका थिए।

https://www.youtube.com/watch?v=gIiYh7O4u24

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here