समाचार

मीरा राईः विश्वकै विलक्षण साहसिक महिला

काठमाडौं।विश्वकै विलक्षण साहसिक कार्य गर्ने १३ साहसिक महिलाको सूचीमा नेपाली महिला मीरा राई पनि परेकी छिन्।

लेखिका लिली ड्यूको भर्खरै बेलायतबाट प्रकाशित पुस्तक ‘फेन्टास्टिक फिमेल एड्भेञ्चर्स’ मा छानिएका १३ साहसी महिलाहरुको सूचीमा नेपाली धाविका मीरा राई पनि परेकी हुन्।

पुस्तकमा नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको विकट दुम्मा गाउँको गरीब परिवारमा जन्मिएकी मीराको विश्वचर्चित ट्रेल रनर बन्दासम्मको असाधारण यात्रालाई रोचकतापूर्वक वर्णन गरिएको छ।

सन् २०१५ देखि दौडन थालेकी मीराले अधिकांश दौडमा प्रथम स्थान हासिल गरेकी छिन्। फ्रान्समा सन् २०१५ मा भएको प्रतियोगितामा उनी विश्वविजेता बनेकी थिइन्।

मीरालाई नेशनल जियोग्राफिक पत्रिकाले सन् २०१७ मा ‘एडभेञ्चर अफ द इयर’ बाट सम्मानित समेत गरेको थियो। मीरा अहिले पनि दौडिरहेकी छन् । यसका साथै उनी आफूजस्तै पृष्ठभूमि भएका बालिकाहरूलाई म्याराथन सिकाउने अभियानमा पनि लागिरहेकी छन्।

आफैँ पनि साहसिक खेलकी सौखिन लेखिका ड्यूले पुस्तकमा मीराबाहेक आन डानियल्स, जिन जियोङ, कारेन डार्के, सराह आउटेन, इम्मा तिमिस लगायतको कथा समेटेकी छिन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here