समाचार

बजाज सर्भिस् सेन्टरमा भीषण आगलागी

काठमाडौं।ललितपुरको कुपण्डोलस्थित बजाजको सर्भिस् सेन्टरमा बिहीबार (आज) साँझ भीषण आगलागी भएको छ।

आगलागी विद्युत सर्टबाट भएको बताइएको छ। करिब १५ सय मोविल भएकाले आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी र दमकललाई हम्मे परेको थियो।

बजाज कम्पनीको सबैभन्दा ठूलो सर्भिस् सेन्टर भएकाले धेरै मोटरसाइकल पनि जलेर नष्ट भएका छन्। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

करिब दुई घण्टासम्म लागेको आगो नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र दमकलका साथै स्थानीय बासिन्दाको सक्रियतामा निभाइएको थियो।

आगो पूर्ण नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here