समाचार

मन्त्री बाँस्कोटाको प्रश्नः ‘बालुवाटारबाट ज्यानमार्ने धक्की आयो भन्ने कुरा पत्यार लाग्छ?’

काठमाडौँ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको भन्ने कुरा पत्यार लाग्दो नभएको बताएका छन्। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रत्रकारहरुको प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले बालुवाटारबाट ज्यानमार्ने धक्की आयो भन्ने कुरा तपाईलाई पत्यार लाग्छ? भनेर प्रति प्रश्न गरे।

मन्त्री बाँस्कोटाले प्रधानमन्त्री त्यस्तो खालको हुनुहुन्छ र? भनेर प्रश्न गरे। ‘हो प्रधानमन्त्री बहस गर्न रुचाउनु हुन्छ। त्यो मन पर्नसक्छ। मन नपर्न सक्छ। तर ज्यान मार्ने धम्कीमा कुनै सत्यता छँदा पनि छैन। हुँदा पनि हैन’, मन्त्री बास्कोटाले भने।

मन्त्री बास्कोटाले यदी साँच्चै त्यस्तो धम्की आएको भए यो नम्बरबाट धम्की आयो अथवा यो व्यक्तिले धम्की दियो भनेर सार्वजनिक गरिदिनुपर्ने बताए। विचार व्यक्त गर्दा सहमति असहमति भएकै आधारमा कसैलाई ज्यान मार्ने धम्की दिन नमिल्ने उनको भनाइ छ।

नेकपा स्थायी कमिटी सदस्य भीम रावलले केही दिनअघि बालुवाटरबाट आफूलाई ज्यान मार्ने धम्की आएको बताएका थिए।

यो भिडियो पनि हेर्नुहोस्।

https://youtu.be/aMvHDPgi9fc

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here