समाचार

उमेर हद कति? ५८ कि ६०?

काठमाडौं।निजामति कर्मचारीले अवकाश पाउने उमेर हद ५८ नै कायम राख्ने कि ६० बनाउने भन्ने विषयमा अझै अन्यौल देखिएको छ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नौ महिनादेखि छलफल भइरहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उमेर हद ५८ कि ६० वर्ष भन्ने विषय विचाराधीन छ।

समिति सदस्यहरुबीच सहमति नहुँदा सो विषय विचाराधीन भएको हो। उक्त विधेयकको धारा ५४ को अनिवार्य अवकास सम्बन्धमा ५८ वर्ष उमेर पूरा भएको निजामती कर्मचारीले निजामती सेवाबाट स्वतः अवकाश पाउने उल्लखे छ।

सोही ऐनको दफा ५५ अनुसार कर्मचारीले पेस गरेको शैक्षिक प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आउने उमेर, निजको नागरिकतमा किटिएको जन्मदिन वा वर्षबाट हुन आउने उमेर र निजले व्यक्तिगत विवरणमा लेखिदिएको जन्मलाई आधार मानी उमेर गणना गरिनेछ।

उक्त विधेयकमा शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता र निजले लेखेको विवरणमा जन्ममिति फरक परेमा जुन मितीबाट पहिले अवकाश हुन्छ, सोही मिती कायम गरी उमेरको गणना गरिने उल्लेख छ।

यो समाचार आजको नेपाल समाचार पत्रमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here