काठमाडौं।रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा रहेको पर्यटन सूचना केन्द्र करिब चार वर्षदेखि बन्द रहेको छ।

पर्यटकीय क्षेत्रको सूचना संकलन गर्ने, प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको केन्द्र आर्थिक अभावले ४ वर्षदेखि बन्द भएको पर्यटन सूचना केन्द्रका अध्यक्ष दीपकराज खड्काले जानकारी दिए।

बालमन्दिर हलमा रहेका कार्यालयले भाडा नै तिर्न नसकेपछि सूचना केन्द्र बन्द भएको खड्काले बताए। ‘२०७१ मा स्थापना भएको केन्द्र २०७२ चैतसम्म सञ्चालन भएको थियो,’ उनले भनेका छन्, ‘यता चार वर्षको भाडा झन्डै डेढ लाख रुपैयाँ भएको छ।’

सो तीर्न नसक्दा भ्रमण वर्षमा समेत कार्यालय सञ्चालनमा ल्याउन सकिएको छैन। यो समाचार आजको आर्थिक अभियानमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here