काठमाडौं। प्रदेश ३ को प्रदेश सभाले प्रदेशको नाम र राजधानी टुङ्गो लगाएसँगै अब प्रदेश १को नाम के राख्ने भन्ने विषयमा बहस शुरु भएको छ। प्रदेश १ मा पनि नेकपाकै सरकार भएका कारण नेकपा नेतृत्वले जुन नाममा सहमति गर्छ त्यही नाम प्रदेश सभाबाट पारित हुने आँकलन गर्न थालिएको छ।

यसअघि सत्तारुढ नेकपाको सचिवालयले प्रदेश नं. ३ को नाम बागमती र राजधानी हेटौँडा राख्न निर्देशन दिएको थियो। पार्टी निर्देशन बमोजिम प्रदेश नं. ३ को नाम बागमती र राजधानी हेटौँडा कायम भैसकेको छ।

https://www.youtube.com/watch?v=0d5_NPkOi4A&t=4s

प्रदेश नं. १ मा भने नेकपाका दुई अध्यक्षको नै मत नमिलेपछि नामाकरणका लागि ढिलाई भएको बुझिएको छ। यसअघि नै विराटनगरलाई स्थायी राजधानी कायम गरिसकेको प्रदेश नं. १ को नाम कोसी राख्न प्रधानमन्त्री ओलीले मुख्यमन्त्री शेरधन राईलाई सुझाव दिइसकेको बताइन्छ। तर नेकपाकै अर्का अध्यक्ष पुष्प कमल दाहालले प्रदेश नं. १ को नाम कोसी-किराँत राखिनु पर्ने बताए पछि नामकरण बारेको प्रस्ताव प्रदेश सभामा पेश गरिएको छैन।

दुवैजना अध्यक्ष नामाकरणका विषयमा एक ठाउँमा पुगेपछि मात्रै यो प्रस्ताव प्रदेश सभामा लैजाने नेकपा श्रोतले बताएको छ। यद्यपि प्रदेश सभाको हिउँदे अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याउनुपर्ने मनस्थितिमा मुख्यमन्त्री राई पुगेका छन्।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here