काठमाण्डौ। प्रदेश सभाको दुई तिहाइ मत हेटौँडाका पक्षमा खसेपछि प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम भएको छ। आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौँडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो। हेटौँडाको पक्षमा १ सय ५ र विपक्षमा ३ जना सांसदले मतदान गरेका थिए।

सभामा विवेकशील साझाले काभ्रेको धुलिखेललाई प्रदेश राजधानी बनाउनु पर्ने प्रस्ताव पेश गरेको थियो। उक्त प्रस्ताव दुई तिहाइले अस्वीकृत भएको छ।

प्रदेश राजधानीका विषयमा सांसदहरूको असन्तुष्टिका बाबजुद सत्तारुढ नेकपाको सचिवालयले हेटौँडामा पक्षमा मतदान गर्न निर्देशन दिएपछि दुई तिहाइ मतले हेटौँडा प्रदेश राजधानी कायम भएको हो।

प्रदेश नं. ३ को नाम भने  वागमती रहने भएको छ। प्रदेशको नामका विषयमा  वागमती का पक्षमा एउटा मात्रै प्रस्ताव पेश भएकाले प्रदेशको नाम बाग्मती कायम हुने भएको हो।

https://www.youtube.com/watch?v=gIiYh7O4u24

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here