काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली फ्रान्सका लुईस १४जस्तै ‘आई एम द स्टेट’ को बाटोमा अघि बढ्न खोजेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लब नेपालमा शुक्रबार आयोजित साक्षात्कारमा बस्नेतले वर्तमान सरकारका कारण लोकतान्त्रिक व्यवस्था नै सङ्कटमा परेको पनि टिप्पणी गरे।

सरकारले सूचना प्रविधि विधेयक आफ्नो ठूला–ठूला भ्रष्टाचार काण्ड जनताले थाहा नपाउन भन्नको लागि ल्याउन लागेको बस्नेतको दाबी छ। उनले सूचना प्रविधि विद्येयक हुबहु पास भए नेपालका सबै पार्टी कार्यालयमा ताल्चा लगाउनुपर्ने अवस्था आउनेपनि खतरा औंल्याए।

अहिलेका शासकहरुले जतिसुकै लोकतान्त्रिक विरोधी गतिविधि गर्न खोजेपनि जनताले तिनीहरूलाई तह लगाई छाड्नेपनि बस्नेतको विश्वास छ। उनले विधेयकको विरुद्धमा आफ्नो पार्टी सडकमा आउने पनि घोषणा गरे।

सूचना प्रविधि विधेयक शाही आयोगभन्दा कम नभएको भन्दै पूर्वमन्त्री बस्नेतले यो विधेयकको सवालमा नेपाल पत्रकार महासङ्घ किन बोलिरहेको छैन् ? भन्दै प्रश्नसमेत गरे।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहले पनि नेपालको मिडियालाई बन्देज लगाउन धेरै कोसिस गरेको स्मरण गराउँदै त्यसको हेक्का राख्न वर्तमान सरकारलाई चेतावनी दिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here