कठमाडौं।भारतको चर्चित निर्भया हत्याकाण्डका चारजना दोषीलाई मृत्युदण्ड दिन अदालतले आदेश दिएको छ।

नयाँ दिल्लीस्थित पटियाला हाउस अदालतले मंगलबार चारै जना दोषीलाई फाँसी दिन आदेश दिएको हो। उनीहरुलाई यही जनवरी २२ तारिख बिहान सात बजे जेलमै फाँसी दिइनेछ।

सन् २०१२ मा बसमा सवार पशु चिकित्सक निर्भयाको बसमै सामूहिक बलात्कारपछि हत्या भएको थियो। उक्त घटनामा ६ जना संलग्न रहेकोमा एक जनाले तिहाड जेलमै आत्महत्या गरिसकेका छन् भने एक नाबालकलाई सुधार गृह पठाइएको थियो।

उनलाई तीन वर्षपछि रिहा गरिएको थियो। यसअघि सन् २०१३ सेप्टेम्बरमा अभियुक्तहरुलाई मृत्युदण्डको सजाय हुने आदेश अदालतले दिईसकेको थियो। बसमा सवार पशु चिकित्सक निर्भयामाथि बसमा यात्रा गरिहेको बेला ट्रक चालकसहित ६ जनाले सामूहिक बलात्कार गरेका थिए।–एजेन्सी

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here