काठमाडौं।प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रूपले संचालन गरिरहेको सुनसरी दुहबीको पशुपति विस्कुट फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।

प्रहरीका अनुसार मंगलबार राति ८ बजे फ्याक्ट्रीमा अचानक आगो लागेको हो। डेढ घन्टादेखि लागेको आगो नियन्त्रणबाहिर रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

उनका अनुसार प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न नगरपालिकाबाट आएका एक दर्जन दमकल आगो निभाउन खटिएका छन्। ‘अहिलेसम्म आगो नियन्त्रणमा आएको छैन,’ भण्डारीले भनेका छन्।

आगो के कारण लागेको हो भन्ने खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन। तर, आगो विशाल भइसकेका कारण नियन्त्रणमा आउन सकेको छैन।

एक स्थानीयका अनुसार आगलागी भएको स्थानमा ठूलो संख्यामा स्थानीय भेला भएका छन्। तर, पर्याप्त स्रोतसाधन नभएका कारण आगलागी क्षेत्रमा प्रहरीले उनीहरूलाई जान रोक लगाएको छ।

चौधरी ग्रूपकको उक्त फ्याक्ट्रीद्वारा उत्पादित विस्कुटको नेपालमा ठूलो बजार छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here