मुख्यखबरसमाचार

विवादित एमसीसीः राष्ट्रिय गौरवका आयोजनाभित्रै

काठमाडौं।प्रायः सबै राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त रहेका बेला सरकारले त्यस्ता आयोजनाको सूची बढाउँदै लगेको छ।

संसद्मा विचाराधीन रहेको विवादास्पद अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनासहित तीन वटा आयोजनालाई गौरवका आयोजनाका रुपमा समावेश गर्ने तयारीमा राष्ट्रिय योजना आयोग लागेको छ।

गौरवका आयोजनाको सूचीमा थपिन लागेको अन्य दुई आयोजना सुनकोशी मरिन सिँचाइ आयोजना तथा राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम हुन्आ। आयोग स्रोतका अनुसार यी आयोजनालाई सूचीमा राख्न प्रोजेक्ट बैंकमा प्रविष्ट गराउने प्रक्रिया अघि बढाइएको छ।

‘एससीसी ठूलो परियोजना भएकाले ठूलै आयोजनाको सूचीमा राख्ने तयारी छ। संसद्बाट पास भएलगतै सो आयोजना राष्ट्रिय गौरवका आयोजनामा राखिनेछ।’ योजना आयोग स्रोतले भनेको छ।

ति तीन आयोजना सूचीकृत भएमा गौरवका आयोजनाको संख्या हालको २१ बाट बढेर २४ पुग्नेछ। यो समाचार आजको आर्थिक अभियानमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here