मुख्यखबरराजनीति

सभामुख चयनमा सकस, बन्धक बन्दै संसद

काठमाडौं।संघीय संसदको पाँचौँ अधिवेशन शुरु भएको १५ दिन बित्दा पनि प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेको छैन।

दुईपटक सूचना टाँस गरी संसद बैठक सारिएको छ। विभिन्न विद्येयकहरु विचाराधीन भएको प्रतिनिधिसभा यसरी सुचारु नहुनुको मुख्य कारण नेकपाले सभामुखको उम्मेदवार छनौट गर्न नसक्नुलाई लिएको छ।

सत्तारुढ नेकपामा सभामुखमा कसलाई लैजाने भन्नेमा सहमति कायम हुन नसक्दा समस्या बल्झिदै जान थालेको हो। पछिल्लो समय पटकपटक भएका भेटघाट र छलफलमा सहमतिको प्रयास भएपनि दुवै अध्यक्षले आआफ्नो अडान कायम राख्दा प्रतिनिधिसभा बैठक अनिश्चितजस्तो भएको छ।

यो समाचार आजको राजधानी दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here