काठमाडौं।शुक्रबार दिउँसोदेखि भएको हिमपातका कारण पूर्वी पहाडी क्षेत्रमा जनजीवन प्रभावित बनेको छ।

ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, इलाम र पाँचथरको उच्च पहाडी क्षेत्रमा शुक्रबार अपरह्नदेखि हिमपात शुरु भएको स्थानीयहरु बताउँछन्।

यस्तै संखुवासभाको गुफापोखरी, मंगलबारे र चौकी लगायतमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको गुफापोखरीका स्थानीय मन्जु खनालले बताइन्।

उनका अनुसार ताप्लेजुङको साँघु, जाने यातायातका साधनहरु हिउँले बाटो अवरुद्ध बनाएपछि संचालनमा आउन सकेका छैन।

यसैगरी शुक्रबार अपरह्नदेखि हिमपात भएपछि संखुवासभाबाट तेह्रथुमको बसन्तपुर आउँदै गरेका दर्जनौं सवारीसाधन बाटोमै अलपत्र परेको बताइएको छ।

यसैगरी उता सोलुखुम्बुमा समेत हिमापतसँगै बढेको चिसोका कारण जनजीवन प्रभाविात भएको स्थानीयहरु बताएका छन्।

“चिसो बढेको छ। चिसो बढेपछि बाहिर निस्कन समेत गाह्रो भएको छ। यहाँको तापक्रम प्रायः माइनसमा हुन्छ।”स्थानीय चुङ्गे शेर्पाले भने।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here