काठमाडौं।ताइवानका सेना प्रमुख शेन यी मिङसहित ८ जना सेनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ।

ताइवानको रक्षा मन्त्रालयका अनुसार प्रधानसेनापति मिङसहित १३ जना यात्रु सवार हेलिकोप्टर दुर्घटनामा ८ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा सेनाका उच्च अधिकारीहरु पनि रहेको बताइएको छ। पाँच जनाको जीवितै उद्धार गरिएको छ। सेनाको ब्ल्याक हक हेलिकोप्टर उत्तरी ताइवानको पहाडी क्षेत्रमा दुर्घटना भएको थियो।

स्थानीय समय अनुसार बिहान सोङशानज एअर फोर्स बेसबाट हेलिकोप्टर यिलानको डोङगाओ एअर वेशतर्फ निरीक्षण लागि जाँदै गरेको बताइएको छ।

उडेको १० मिनेटमा नै सम्पर्कबिहीन हेलिकोप्टर वालाई जिल्लाको पहाडी क्षेत्रमा आकस्मिक अवतण गरेको अधिकारीहरुले जनाएका छन्।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन।Agency

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here